काठमाडौँ । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ। शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन्।
उनले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताइन्। उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन्। उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन्।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरूसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन्। अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुङ्गो लगाउने प्रक्रिया शुरु भएको छ। द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रूपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन्। कतिपय कुरा ध्यानाकर्षण गराउने ढङ्गले लैजानेछौँ। अमेरिकाबाटै चीन जाने भन्ने कुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त रु यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो। कहाँबाट कुन बाटो पर्यो भन्ने कुरा प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन। उहाँहरूले कुन ढङ्गबाट उठाउनु भयो, सकारात्मक ढङ्गबाटै उठाउनु भयो भन्ने बुझौँ। बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक कुरा हो। यसमा कुनै नियत, विषयवस्तु छैन।’
प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ