चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताएकी छन् । भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहीबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् ।
प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, र्याफ्टिङ गर्न सकिने बताइन् । मौलाकाली केवलकार गैँडाकोटमा भएपनि यसको लाभ भरतपुरले लिई रहेको उनको भनाइ छ । प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
पवित्र तिर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् ।
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता