काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’
प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् । भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।
उनले विभिन्न समझदारी पत्र र सम्झौताका ड्राफ्ट तयार भरहेको जानकारी दिँदै उनले भने, ‘अहिले पनि एजेन्डाको तयारी भैरहेकाले घोषणाका विषय सार्वजनिक गर्न हतार हुन्छ । निश्चित समयमा हामी गर्ने नै छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता