काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको ४० औं संस्करण काठमाडौंमा हुने भएको छ ।यही भदौ २४ गतेबाट हुने संयुक्त अभ्यास तथा प्रतिस्पर्धामा नेपाली सेनाका ३० र अमेरिकी सेनाका १२ जना गरी ४२ जनाको सहभागिता रहने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार उक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायललगायत देशहरूका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ ।
अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भदौ २१ गते सेनाको विमानद्वारा नेपाल आउने छ ।यसैबीच संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक एक्सर्साइज कम्ब्रेन पेट्रोलमा सहभागिताका लागि नेपाली सेनाको १० सदस्यीय टोली बुधवार प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गर्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह