काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा )नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्य विभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।
यसैगरी बैठकले पूर्वकेन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजात बरबुझारथ गर्ने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा