काठमाडौँ। जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।
पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज शैलेन्द्रकुमार यादव, महोत्तरी जिल्लाको इन्चार्ज अशोककुमार यादव र सह इन्चार्ज राजीवकुमार यादवलाई तोकिएको छ ।
यसैगरी सर्लाही जिल्लाको इन्चार्जमा रामआशिष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा जिल्लाको इन्चार्ज सिहासन सा कलवार र सहइन्चार्ज सोहन शर्मा र पर्सा जिल्लाको इन्चार्जमा अधदभूषण यादव र सह इन्चार्ज दीपक यादव रहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा