काठमाडौं । १३ भदौयता लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार ७.०४ अंक (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।
१२ भदौमा १९९८.४८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । आइतबार १९६०.७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो । सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ ।
लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार