काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन् । यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि बताए ।
आज ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले उक्त कुरा बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए । मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए । ‘कहिलेकाहीँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक–पटक देखिने गर्या छ,’ उनले भने, ‘विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरूमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।’
उनले थपे, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्त्वपूर्ण साथीहरूले हामीले नक्सा पठायौँ भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त भएको छैन ।’
यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण