धनगढी । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा एकैसाथ उद्घाटन गरिएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डको विशेष सम्बोधनसँगै ९ वटै जिल्लामा खटिएका ७९ अभियान टोलीले जनसहभागीसहित उद्घाटन गरेका हुन् ।
पार्टी सचिव डिलाराम आचार्यको उपस्थितिमा धनगढी उपमहानगरपालिका सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन गरे । प्रचण्डको सम्बोधनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आचार्यले अभियान जनतालाई रुपान्तरण गर्न नभएर माओवादी आफू रुपान्तरण हुन संचालन गरिएको बताए ।
माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान संचालन गरिएको बताउँदै आचार्र्र्यले भने, “अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो सफा गर्न तीन महिने अभियान सुरु गरिएको हो ।” आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिना मगर, दिपक साउद, लक्ष्मी बिक, निर्मला बडाल, धनगढी उपमहानरपालिकाका इन्चार्ज निर्मल शाहलगायतले तीन महिने अभियानको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।
त्यसैगरी डोटीको जोरायलमा माओवादी केन्द्रका स्थानीय समिति सदस्य खगराज भट्टको सहभागितामा अभियानको उद्घाटन गरिएको छ । भट्टले समाजवादी क्रान्तिको लागि जनयुद्धको आधार क्षेत्रमा माओवादी फर्किएको बताउँदै अभियानमा जनताको सहभागिता हुनेमा विश्वाय व्यक्त गरे ।
पार्टीका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले आफूहरु गाउँ फर्केको बताउँदै माओवादी र जनता बीचमा सम्बन्ध जोड्दै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी क्रान्ति बिना जनताको अवस्था परिवर्तन गर्न नसकिने बताए । जिल्ला इन्चार्ज लक्षिराम आचार्यका अनुसार जिल्लाका ६ वटै टोलीले एकसाथ अभियानको उद्घाटन गरेको जानकारी दिए ।
त्यसैगरी बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बैतडीमा पनि अभियान एकसाथ उद्घाटन गरिएको नेताहरुले जानकारी दिएका छन् । ९ वटै जिल्लाको अभियान टोली सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन् । जनयसंख्याको हिसाबले घरघरमा पुग्नेगरी कैलालीमा १३ अभियान टीम खटिएका छन् । पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन् ।
कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरु त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल खटिएका छन् । प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।
डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी रहेका छन् ।
दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन् । जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।
केन्द्रीय सदस्यहरु, नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पान पसिंह धामी, लाल बहादुर बिक, प्रदेश सदस्य हुन् । त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन् ।
बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन् । एकजना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन् । जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन् ।
अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । भौगोलिक रुपमा ठूलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन् ।
केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरु जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन् ।
डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।
कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन् । त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन् ।
बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सस्यद देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन् ।
बझाङः जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने
दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई माओवादीको प्रश्न
सरकारले सदनलाई हेपेको माओवादीको आरोप
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माओवादीको माग