काठमाडौ । नेकपा (एमाले)का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्।
महासचिव शंकर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा गएको टोलीमा पार्टी महासचिव पोखरेल नेतृत्वमा केन्द्रीय सदस्यसहित २२ जना छन्।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला संघका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता छन्।
भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ।
भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग एमाले नेताले भेटवार्ता गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम