काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ ।
‘जिल्लामा बागमती प्रदेशको संरचना नै छैन । संरचना नहुँदा कि संघीय सरकारको सहयोग लिनपर्यो कि स्थानीय तहको’ उनले भने, ‘अब आफ्नै संरचना बनाउने र अगाडि जाने तय भएको छ । एकीकृत सेवा प्रवाह गर्नका लागि १३ वटै जिल्लामा एकीकृत कार्यालयको अवधारणा अन्तर्गत ओएनएम गरिसकेका छौं । दशैं अगावै एकीकृत कार्यालयहरु सञ्चालनमा लाँदैछौं ।’
बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षमा भने करिब ६२ अर्ब रुपैयाँको ल्याएको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै उनले त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट