काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ ।
‘जिल्लामा बागमती प्रदेशको संरचना नै छैन । संरचना नहुँदा कि संघीय सरकारको सहयोग लिनपर्यो कि स्थानीय तहको’ उनले भने, ‘अब आफ्नै संरचना बनाउने र अगाडि जाने तय भएको छ । एकीकृत सेवा प्रवाह गर्नका लागि १३ वटै जिल्लामा एकीकृत कार्यालयको अवधारणा अन्तर्गत ओएनएम गरिसकेका छौं । दशैं अगावै एकीकृत कार्यालयहरु सञ्चालनमा लाँदैछौं ।’
बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षमा भने करिब ६२ अर्ब रुपैयाँको ल्याएको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै उनले त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण