एजेन्सी । पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् ।
बिबाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन ।
पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन ।
सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।
सोही बिषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या