काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा बैठक केन्द्रीत रहेको छ ।
विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन् । बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन् । संसदीय समिति सभापतिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले भागवण्डा गरेका छन् भने विपक्षी दलहरु रास्वपा र राप्रपालाई भने बाहिर राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले भने संसदीय समिति सभापतिको निर्वाचनमा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग