विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाअध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले)ले प्रतिवाद गर्ने जनाएको छ । प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् ।
उनले जबर्जस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ । प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग