विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाअध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले)ले प्रतिवाद गर्ने जनाएको छ । प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् ।
उनले जबर्जस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ । प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशको आगामी वर्षको बजेट पारित
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा