काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्।
विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।
उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै