काठमाडौँ । भारत र आयरल्यान्डबीचको तीन खेलको टी-२० शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।
आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । उनले पहिलो पटक टी-२० को कप्तानी गर्न लागेका हुन् । बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल अस्ट्रेलियासँग सन् २०२२ को सेप्टेम्बरमा खेलेका थिए ।
बुमराह ढाडको समस्याबाट पीडित थिए । बुमराह बाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टोलीमा फर्किएका छन् । आयरल्यान्डको कप्तानी पाउल स्टर्लिङले गर्नेछन् । भारत र आयरल्यान्डसँगको दोस्रो टी-२० खेल पर्सि आइतबार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु