काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् । उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने भनेको बताए ।‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ,’ ओलीले, ‘संसद् अवरोध गर्नुहुँदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’
संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि ओली शितलनिवास पुगेका थिए । राष्ट्रपति पौडेल र ओलीबीच करिब एक घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान