काठमाडौं। सप्तरीको विष्णुपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवसहित २ जनालाई अख्तियारले मुद्दा दायर गरेको छ ।
लेखापाल यादव र एम.आई.एस.अपरेटर इन्जिनियर विरेन्द्र कुमार यादवलाई चेकसहित अख्तियार दुरुपयोग अनुुन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुसबापत ५ लाख लिइसकेपछि सप्तरी, राजविराज–३, त्रिभुवनचोकबाट आज नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसहित बरामद भएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ