काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गरेका छन। कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त भएका हुन ।
उनले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ । मण्डल राज्यमन्त्री बनेसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन ।
जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की