काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।
उच्च स्रोतका अनुसार लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भईरहेको छ । लिम्बूले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समेत सोही मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् ।
जनता समाजवादी पार्टी कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनमा रहेको छ । आज मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित