काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।
उच्च स्रोतका अनुसार लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भईरहेको छ । लिम्बूले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समेत सोही मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् ।
जनता समाजवादी पार्टी कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनमा रहेको छ । आज मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग