एजेन्सी। चीनले बालबालिकालाई स्मार्टफोन चलाउने समय निर्धारण गर्ने भएको छ । योसँगै अब बालबालिकाले दिनमा अधिकतम २ घण्टामात्र मोबाइल चलाउन पाउने रोयटर्स लेखेको छ ।चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले यससम्बन्धी नियमावलीको मस्यौदा तयार पारेको छ । मस्यौदामा सेप्टेम्बर २ तारिकसम्म सार्वजनिक प्रतिक्रिया तथा सुझाव दिन सकिने सीएसीले जानकारी दिएको छ ।
नयाँ नियमावलीअनुसार स्मार्ट फोन तथा उपकरण प्रदायकहरूले ‘माइनर मोड प्रोग्राम’ लागु गर्नुपर्नेछ ।उक्त प्रोग्रामले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइल उपकरणहरूमार्फत इन्टरनेट पहुँचमा रोक्नेछ ।
स्मार्ट फोन प्रदायकहरूले प्रस्तावित सुधारहरू अन्तर्गत बालबालिकाहरूको फोन प्रयोगमा समय सीमाहरू पनि सेट गर्नुपर्ने सीएसीले भनेको छ । सीएसीका अनुसार १६ देखि १८ वर्षका प्रयोगकर्ताहरूलाई दिनको २ घण्टा, ८ देखि १६ वर्षका बालबालिकालाई दैनिक १ घण्टा र ८ वर्ष मुनिका बालबालिकालाई दैनिक ८ मिनेटमात्र स्मार्टफोन प्रयोग गर्न अनुमति दिइनेछ ।
स्मार्टफोन प्रदायकहरूले बालबालिकाको स्क्रिन टाइममा सीमा तोक्नुपर्ने भएपछि चिनियाँ प्रविधि कम्पनीहरूको शेयर भाउमा भने गिरावट आएको छ ।बुधवार भिडियो शेयरिङ वेबसाइट ‘बिलिबिली’ र क्वाइसु क्रमशः ६.९८ प्रतिशत र ३.५३ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’