कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, ११ : २५
कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

काठमाडौँ । स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् ।मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस