काठमाडौं । जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।
बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगायतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौँ, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै तत्काल विभेद गर्नेलाई कारबाही गर्नुपर्ने बताए । उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।
उनले विभेदका घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको बर्खिलाप गर्ने काम भए आवश्यक कदम चाल्छौँ: अनेरास्ववियु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने