काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा सबैभन्दा बढी मत अनुशासन आयोगतर्फ उम्मेदवार बनेकी स्नेहा केसीले प्राप्त गरेकी छन् ।
आयोगको महिला सदस्यतर्फ केसीले १ हजार २५८ मत ल्याएकी हुन् । चार जना निर्वाचित हुने महिला सदस्यमा दुर्गा खत्रीले १ हजार १९४, प्रशिक्षा कोइरालाले १ हजार १८० र उर्मिला कार्कीले १ हजार १६६ मत ल्याइन् ।
२४ औँ राष्ट्रिय सम्मेलनमा मधेश/थारु खुलातर्फ राजेशकुमार यादवले १ हजार ५५ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १३ : ३९
लेखकबाट थप