काठमाडौ । सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।
कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।
यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्।
महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।
त्यस्तै उपाध्यक्षमा उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ।
सम्मेलनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक
अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि हलमा नाराबाजी
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन