जनताको बर्खिलाप गर्ने काम भए आवश्यक कदम चाल्छौँ: अनेरास्ववियु

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०८२, ११ : ३९
जनताको बर्खिलाप गर्ने काम भए आवश्यक कदम चाल्छौँ: अनेरास्ववियु

काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियुले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनताको बर्खिलाप गर्ने काम गरिहेको जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकार, आन्तरिक शान्ति र देशको सार्वभौमसत्तामाथि कार्की नेतृत्वको सरकारले गरेका गतिविधिहरूप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हालै भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलन पश्चात देशमा एकपछि अर्को गर्दै नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकार, आन्तरिक शान्ति र देशको सार्वभौमसत्ता माथि असंवैधानिक कार्की सरकारले गरेका गतिविधिहरूप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अनेरास्ववियु आफ्नो स्थापना कालदेखि नै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नेपाली जनताको सार्वभौमसत्ताको पक्षधर रहँदै आएको कुरा सर्वविदितै रहेको उल्लेख गर्दै अनेरास्ववियुले नेपाली जनताको सार्वभौमिक हक अधिकारको बर्खिलाप गरिने गतिविधि नरोकिएमा नेपाल र नेपाली जनताको पक्षमा आवश्यक जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

देशमा विद्यमान संकटलाई मध्यनजर गर्दै अनेरास्ववियु लोकतांत्रिक अभ्यासका मूलभूत अधिकारलाई कुठाराघात गर्न नहुने विज्ञेप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस