काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेरै बन्द भएको छ । बजार लगातार तीन दिन घटेको हो । नेप्से ०.३७ प्रतिशतले ओरालो लाग्दा ८.११ अंकले घट्दै २१५६.२० को विन्दुमा बन्द भएको छ ।
आजको दिन ६७ कम्पनीको मूल्य वृद्दी भएको छ भने १४१ कम्पनीको मूल्य घटेको हो । साथै, ९ कम्पनीको मूल्य भने स्थीर देखियो । बुधबार ग्योबल आईएमईको प्रोमोटर सेयरमा सबैभन्दा धेरै लगानीकर्ता रहे । सबैभन्दा धेरै कमाउने कम्पनीको रुपमा किसान लघुवित्त संस्था रह्यो । जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
आज जम्मा २ अर्ब बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार