चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १० : ५७
चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, चौधकिलो पुलमा दुर्घटना भएको हो ।

नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो ।

घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।

चालक र अर्का एकजनाको अवस्था गम्भीर छ । अरू यात्रीको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए ।दुर्घटनाका कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस