खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार बढी उम्मेदवारमाथि कारबाही

पत्रपत्रिकाबाट

मंगलबार, ०९ साउन २०८०, ०७ : ३५
खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार बढी उम्मेदवारमाथि कारबाही

काठमाडौ । प्रतिनिधि  सभा  सदस्य  तथा  प्रदेश  सभा  सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ ।

खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।

कानुनबमोजिम  खर्च  विवरण  सार्वजनिक  नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने  खबर गोरखापत्रमा छापिएको छ ।