काठमाडौ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी अर्थात् भारततर्फ गोली हानी महिलाको हत्या गरिएको छ।
धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमका अनुसार अज्ञात समूहले अन्दाजी २५/२६ वर्षकी महिलालाई गोली हानेर मारेको हो।
‘(शनिबार) राति ८ बजेर २० मिनेटमा हामीलाई खबर आएको थियो, घटना भारततर्फ भएको हो, महिलाको पहिचान खुलिसकेको छैन’, डीएसपी गौतमले आइतबार भने, ‘शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेका छन्, हामीले पनि सहयोग गर्यौँ।’
उनका अनुसार गोली हान्ने व्यक्तिहरू पनि भारततर्फ नै भागेका छन्। महिलाको पहिचान नखुलेकाले उनी भारतीय नै हुन् वा नेपाली थाहा हुन सकेको छैन।
‘घटनाबारे अनुसन्धान भइरहेको छ’, डीएसपी गौतमले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार