काठमाडौ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी अर्थात् भारततर्फ गोली हानी महिलाको हत्या गरिएको छ।
धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमका अनुसार अज्ञात समूहले अन्दाजी २५/२६ वर्षकी महिलालाई गोली हानेर मारेको हो।
‘(शनिबार) राति ८ बजेर २० मिनेटमा हामीलाई खबर आएको थियो, घटना भारततर्फ भएको हो, महिलाको पहिचान खुलिसकेको छैन’, डीएसपी गौतमले आइतबार भने, ‘शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेका छन्, हामीले पनि सहयोग गर्यौँ।’
उनका अनुसार गोली हान्ने व्यक्तिहरू पनि भारततर्फ नै भागेका छन्। महिलाको पहिचान नखुलेकाले उनी भारतीय नै हुन् वा नेपाली थाहा हुन सकेको छैन।
‘घटनाबारे अनुसन्धान भइरहेको छ’, डीएसपी गौतमले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा