इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गरेका हुन् ।
वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उनको भनाइ छ । कांग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै उनले वर्तमान सरकार जनताको हितमा काम गर्नेमा प्रतिबद्धता व्यक्त गरे ।
वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उनले अदालतको आदेशले सरकारलाई काम गर्ने रोक नलगाएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित