काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका पीडितले न्याय पाउनुपर्ने बताएका छन् । अहिलेसम्म पीडित परिवारलाई न्याय दिलाउन ढिलाई भएकोप्रति उनले गुनासो पोखे । साहले पीडितलाई न्याय दिलाउनको लागि सुरु भएको आन्दोलनलाई सशक्त बनाईने बताए ।
आज (शनिबार) रौतहटको गरुडामा पार्टीको गरुडा नगर कमिटीद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग पनि छलफल गरेको र दुवैबाट सकारात्मक जवाफ पाएको सुनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह