संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १३ : ३८
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने

काठमाडौं । एन्फा यू-१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ ।नेक्सस-संकटा एकेडेमीको टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो ।

 

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी पुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् ।संकटा रहेको समूह ए मा फ्रान्स, चिली र युगान्डाको टिम छ । सहभागी कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ ।

उक्त प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । हाल यू-१६ लिगमा दुई खेल खेल्दा संकटा एक जित र एक हारको नतिजा निकालेको छ ।पहिलो खेलमा एपीएफसँग २-१ ले पराजित भएको संकटाले दोस्रो खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेडलाई ४-१ ले पराजित गरेको थियो ।१७ खेलाडीसहित २० सदस्यी टोली शुक्रबारै मोरक्को प्रस्थान गर्नेछ ।