काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६ः५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ।
समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की दिएकोल महासंघले जनाएको छ। ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ?’
समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाए? भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति
प्रधानमन्त्री कार्कीसहित सरकारी टोलीद्वारा दुर्गा प्रसाईँसँग छलफल
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं