काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।
बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र स्वास्थ्य संस्था स्थापना,संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
बैठकबाट एक विधेयक फिर्ता हुने कार्यसूची रहेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना,संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो ।
प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि