काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।
बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र स्वास्थ्य संस्था स्थापना,संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
बैठकबाट एक विधेयक फिर्ता हुने कार्यसूची रहेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना,संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो ।
प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ