काठमाडौँ । लहानस्थित सडक डिभिजन कार्यालयमा लेखा अधिकृत पदमा पदम बिनोद पोखरेल पक्राउ परेका छन् ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १ लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यालयाबटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन