लस एञ्जलस । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
सङ्घीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ असार २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण