काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएको एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।
टोलीमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, शैक्षिक तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, माधव चम्लागाईं, विमला सुब्बालगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति