काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।
यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।
आर्थिक वर्षको अन्यमा ज्यादा राजस्व संकलन हुने भएकाले सोको कारोबार गर्ने बैंक तथा वित्तिय संस्थालाई सेवा बन्द नराख्न भनेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर