पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष राम गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए ।
वडाध्यक्ष गुरुङ बुधबार आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार आफूलाई कुटपिट गरेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले बताए । उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।
‘विकासको काममा किन ढिलाइ गरेको कारण उपभोक्ता समिति सडकको बिवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरुको विरुद्ध चौकी हैन जेल बस्न तयार छु । जय जनता,’ गुरुङले प्रहरीसँग आत्मसमर्पण गर्नुअघि सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस् लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ