सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १३ : ३९
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो । कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वा गरेका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरुको ४७ मत रहेको छ भने विपक्षी दल नेकपा एमाले र राप्रपामा ४६ मत रहेको छ ।

कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । कांग्रेस नेता एवं कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले कांग्रेस एमालेबीच आलोपालो सरकार सञ्चालनको विकल्प नरहेको र यसै अनुसार आफूहरु अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस