काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो । कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वा गरेका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरुको ४७ मत रहेको छ भने विपक्षी दल नेकपा एमाले र राप्रपामा ४६ मत रहेको छ ।
कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । कांग्रेस नेता एवं कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले कांग्रेस एमालेबीच आलोपालो सरकार सञ्चालनको विकल्प नरहेको र यसै अनुसार आफूहरु अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग