काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुको जिम्मेवारी र काम समाजलाई व्यवस्थित ढंगले अघि बढाउने भएको बताएका छन् । बिहीबार एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई अघि बढाउने क्रममा विभिन्न विचारहरु बोकेर अघि बढ्ने गरेपनि पछिल्लो समय कतिपय दलहरु विचारविनै राजनीतिमा आइरहेकोमा असन्तुष्टि जनाए ।
जनताको बहुदलीय जनवाद(जवज)को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । ‘अहिले एउटा लहर चलेको छ । विचारसिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?,’ उनले भने, ‘कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ पूर्वज र आमाबाबुको योगदानको चर्चा गर्ने ? भन्ने खालका विचारहरु पनि आज सुनिन्छ ।’
जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ । उनले विना इतिहास समाज यहाँ नआइपुगेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज पनि समाज अनेक रस्साकसीबाट अघि बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली