चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताएकी छिन ।
भरतपुर -५ स्थित केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेको बताइन । कार्यक्रममा बोल्दै उनले भनिन, 'भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्न महानगर लागि परेको छ । यस कार्यलाइ तिब्रताका साथ निरन्तर अघि बढ्ने उनको भनाई थियो ।
प्रमुख दाहालले सार्वजनिक जग्गमा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरिन। व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको पनि उनले जानकारी दिइन । उनले सार्वजनिक जमिन संरक्षण, हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वधारमा महानगरले जोड दिएको उल्लेख गरिन ।
केरुङ्गा खोलाको सीमाङ्कनको कार्य बिहिबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य सुरु भएको हो । सीमाङ्कन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा गरेका हुन । अहिलेपुङ्गी खोलाको सीमाङ्कनको काम भईरहेको छ ।
केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रकृया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए । उनले संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने बताए ।
केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरका ईन्जिनियर शिवहरि अधिकारीले जानकारी दिए ।केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि महानगरले १४ करोड विनियोजन गरेको छ ।
केरुङ्गा खोलाको गुरुयोजना अनुसार यसको सौन्दर्यकरण गर्न ३ अर्ब रुपैयाँ बढी लाग्ने संरक्षण समितिले जनाएको छ । खोलामा डुङ्गा चलाउने र दाँया बायाँ साईकल ट्रयाक एवं ठाउँठाउँमा पार्कहरु निर्माण गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट