काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।
नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो स्थानमा रहेको छ । नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर सोमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । ब्याटिङ तर्फ आसिफ ७२ औँ स्थानमा उक्लिँदा बलिङमा सोमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा
एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी
रोहित शर्मा र विराट कोहलीद्वारा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टोली घोषणा
क्रिकेटः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
आयरल्याण्ड ‘ए’विरुद्ध नेपालको उत्कृष्ट शुरूआत