काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् ।अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनको लगेज जाँच गर्ने क्रममा लगेजभित्र फल्सबटम बनाई खैरो रंगको प्लास्टिकले र्यापिङ गरी लैजान लागेको उक्त परिमाणको लागुऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ