काठमाडौं । सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ । आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।
संसदमा समेत यसबारे प्रश्न उठेको थियो । उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुर गरेको हो । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जनाइएको छ ।
आयोगका अनुसार आइतबार साँझबाटै जलहरीको तौल परिक्षण हुने छ । जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका गरिएको छ ।
२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गर्दै करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नुभएको थियो । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही