म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।
अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले गएराति १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।
“बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने, “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि घाइते भएका छन् ।”
गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु
वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु
चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
चट्याङ लागेर १ महिलाको मृत्यु, ३ जना गम्भीर घाइते
ओखलढुंगामा चट्याङले ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते