काठमाडौ । लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दुभएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो। यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी केन्द्रबिन्दु भएर मध्यरातमा ५.१ म्यानिच्यूडको भूकम्प
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का