एजेन्सी । ४ दिने राजकीय भ्रमणका क्रममा अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।
भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ।
आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ।
वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। रक्षासँग सम्बन्धित हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने एजेण्डा राखिएको छ।
आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गर्नेछन्। अमेरिकी राजनीति र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि रात्रिभोजमा सहभागी हुने बताइएको छ।
मोदी मंगलबार अमेरिका पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी