काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो ।
चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो । शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ ।
उक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाटसमकक्षी अब्दुल्लह अली अलनुयमीले आ–आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए ।
श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ भने सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउनेलगायतका विषय समेटिएको छ ।
यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागु गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य